काठमाडौँ, २५ भदौ । प्रभु बैंक र सक्षमबीच समझादारी भएको छ ।
बैंक र सक्षमबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्नका लागि समझदारी भएको हो ।
सम्झौता अनुसार प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीहरुको बैंक खाता खोल्नु पर्नेछ । सम्झौता पत्रमा यि देशहरुमा रहेका नेपालीका आफन्तहरु ९स्वदेशमा रहेका० लाई ऋण लगानी समेत गर्नु पर्नेछ ।
कम्तिमा पनि ति परिवारका ६ सय जनालाई कर्जा लगानी गरेर उद्यमशिल बनाउनु पर्ने उल्लेख गरिएको छ । यस परियोजनाका लागि सक्षमले बेंकलाई १० करोड रुपैयाँ उपलब्ध गराएको छ ।






