क्यान्सर रोगको उपचारपछि भारत फर्किए अभिनेता ऋषि कपूर

एजेन्सी, २५ भदौ । बलिउड अभिनेता ऋषि कपूर र उनकी पत्नी नीतू कपूर अमेरिकाबाट क्यान्सर रोगको उपचारपछि भारत फर्किएका छन् ।

अभिनेता कपूरले आफू भारत फर्किएको कुरा आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘घर फर्किएँ । ११ महिना ११ दिन । सम्पूर्णलाई धन्यवाद ।’

ऋषि कपूर भारत फर्किएलगत्तै बलिउड कलाकारले उनलाई स्वागत गरेका छन् । फिल्म निर्देशक कुनाल कोहलीले ट्वीट गर्दै लेखेका छन्, ‘घर फर्किनु भएकोमा स्वागत छ । तपाईँ फर्किनु भएकोमा धेरै खुशी छु । धेरै माया ।’ यस्तै निर्माता अतुल कास्बेकर, अभिनेता फरहान अख्तर, गायक अदनान सामीलगायतले पनि ऋषि कपूरलाई स्वागत गर्दै सामाजिक सञ्जालमा आफ्नो खुशी व्यक्त गरेका छन् ।

सन् २०१८ सेप्टेम्बर २९ मा ऋषि कपूरले ट्वीट गर्दै आफू केही मेडिकल उपचारका लागि अमेरिका जान लागेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,