राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई पदबाट बर्खास्त

एजेन्सी, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् ।

उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।

बीबीसीका अनुसार उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए । ट्रम्पले ट्विट गरे लगत्तै बोल्टन ट्विटरमै पछिल्लो घटनाबारे मत राखेका थिए । उनले आफूले राजीनामा बुझाएपछि ुट्रम्पले त्यसबारे भोलि कुरा गरौँु भनेको बताएका छन् ।

ह्वाइटहाउसले बीबीसीलाई बताए अनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन् । उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १