एजेन्सी, २५ भदौ । युरो कप छनोट फुटबलमा पोर्चुगलले लिथुनियालाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे ।
विलियन कार्भाल्होले एक गोल गरे । यता, लिथुनियाका लागि भने आन्द्रेयुस केविसियसले गोल फर्काएका थिए ।






