काठमाडौँ, २५ भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गतको अन्तिम खेलमा युएईमाथि नेपालले जित हासिल गरेको छ ।
मंगलबार श्रीलंकाको एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित हासिल गरेको हो ।
जितसँगै समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।





