दिलासा महत गोदावरी नगरपालिकाभरिकै सर्वाेत्कृष्ट छात्रा

ललितपुर, २४ भदौ । २०७५ सालको माद्यमिक शिक्षा परिक्षा एसईईको परिक्षाफल अनुसार गोदावरी नगरपालिकाभरिमै अमर कान्ति सेकेण्डरी इंगलिस स्कुल लेले संस्थागत विद्यालयतर्फ प्रथम भएको छ भने सो विद्यालयकी १४ वर्षिया मेधावी छात्रा दिलासा महत नगरपालिकाभरिकै उत्कृष्ट छात्रामा दरिएकी छिन् ।

छात्रा महतले सबैभन्दा बढी अर्थात ३ दशमलव ९५ जिपिए ल्याएर नगरपालिकाभरिकै उत्कृष्ट छात्रा बन्न सफल भएकी हुन । संस्थागत विद्यालयतर्फबाट नगरभरिकै उत्कृष्ट छात्रा महतलाई ललितपुर क्षेत्र नं.१ बाट संघीय संसदमा विजयी सांसद नवराज सिलवाल, ३ नं प्रदेश सभाका सांसद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले पाँचहजार नगद पुरस्कार सहित प्रशंसापत्रद्वारा सम्मान गरेका छन् ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोदावरी नगरपालिकाद्वारा आयोजित शैक्षिक सम्मान कार्यक्रममा छात्रा महत र अमर कान्ति सेकेण्डरी इंगलिस स्कुललाई पुरस्कृत गरिएको हो ।

२०५२ सालमा स्थापना भएको सो विद्यालय २०७४ सालको माद्यमिक शिक्षा परिक्षाको परिक्षाफलमा पनि ३ दशमलव ९५ जिपिए अंकका साथ गोदावरी नगरभरिकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्