एजेन्सी, २३ भदौ । राफेल नाडालले चौथो पटक यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।
रसियन खेलाडी डेनियल मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि जितेका हुन् । दोस्रो वरियताका स्पेनिस नाडालले पाँचौ बरियताका मेदभेदेभलाई ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए ।
नाडालले यसअघि २०१०, २०१३ र २०१७ मा यो प्रतियोगिताको उपाधि जितेका थिए ।





