विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

काठमाडौँ, २२ भदौ । विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् ।

उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पठाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत बिवरण राख्दछन् ।

दार्मा गाउँपालिकाका–१ स्थित जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो ।

यसले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई