अभियान थालेको ११ वर्षसम्म पनि निरक्षता उल्मुलन भएन

विसं २०६५ मा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा ग¥यो । र, भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन ।

गत माघमा मन्त्रिपिरक्षद्ले २०७६ लाई साक्षर वर्ष मनाउने अवधारणा स्वीकृत ग¥यो । र,  निरक्षतालाई कम्तीमा साक्षर गर्न सक्ने बनाउने अभियान अघि बढायो । त्यसले पनि सार्थक रुप लिन सकेको छैन ।

साक्षर नेपाल वर्ष घोषणाको ६ महिनामा मोरङ, डडेलधुरा, उदयपुर र वैतडी मात्र पूर्ण साक्षर जिल्लाका सूचीमा थपिएका छन् । ७७ मध्ये ५१ मात्रै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षा मन्त्रालयको तथ्यांकमा छ । साक्षर नेपाल वर्ष सुरु हुनु अघि ४७ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।

साक्षर जिल्ला घोषणा गरिएका जिल्लामा समेत सरकारी तथ्यांकअनुसार निरक्षता उल्मुलन भएको भन्दै अभियानको आलोचना हुँदै आएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई