दोस्रो भक्तपुर फुटसल गोल कप-२०१९ हुने

भक्तपुर, २१ भदौ । नबराज काफ्ले । WE Can (हामी सक्छौं) भन्ने मुल नाराका साथ दोस्रो भक्तपुर जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ सञ्चालन हुने भएको छ ।

युवाका साथ साथ आवाज नेपालको आयोजना, सूर्यविनायक र चाँगुनारायण नगरपालिका सहयोगमा र विभिन्न ग‌ैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्यमा आगामी भाद्र २३, २४ र २५ गते सञ्चालन हुने संस्थाका सचिव श्रीकृष्ण थापाले बताउनु भएको छ ।

फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने छ भने प्रतियोगिताबाट सङ्कलन रकमबाट बालबालिका र युवाहरुको क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता आयोजना गरिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताउनु भयो ।

प्रतियोगितामा विजय हुने टिमहरुलाई क्रमश प्रथम पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु २० हजार, दोस्रो पुरस्कार ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु १० हजार र तेस्रो पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले जानकारी दिनु भयो भने कार्यक्रमको कुल लागत ३ लाख ५० हजार रहेको र कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गरि सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष राजेश घिमिरेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने