दोस्रो भक्तपुर फुटसल गोल कप-२०१९ हुने

भक्तपुर, २१ भदौ । नबराज काफ्ले । WE Can (हामी सक्छौं) भन्ने मुल नाराका साथ दोस्रो भक्तपुर जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ सञ्चालन हुने भएको छ ।

युवाका साथ साथ आवाज नेपालको आयोजना, सूर्यविनायक र चाँगुनारायण नगरपालिका सहयोगमा र विभिन्न ग‌ैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्यमा आगामी भाद्र २३, २४ र २५ गते सञ्चालन हुने संस्थाका सचिव श्रीकृष्ण थापाले बताउनु भएको छ ।

फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने छ भने प्रतियोगिताबाट सङ्कलन रकमबाट बालबालिका र युवाहरुको क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता आयोजना गरिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताउनु भयो ।

प्रतियोगितामा विजय हुने टिमहरुलाई क्रमश प्रथम पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु २० हजार, दोस्रो पुरस्कार ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु १० हजार र तेस्रो पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले जानकारी दिनु भयो भने कार्यक्रमको कुल लागत ३ लाख ५० हजार रहेको र कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गरि सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष राजेश घिमिरेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी