धोनी र गेललाई उछिन्दै वरियतामा पारस अगाडि

काठमाडौँ, २१ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको नयाँ टि ट्विान्टी क्रिकेट वरियतामा पारस खड्का ब्याटिङतर्फ ६८ स्थानमा पुगेका छन् ।

पारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिजन क्रिस गेललाई पछि पारेका छन । धोनी ६९ र गेल ७५ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् ।

पारसले अलराउन्डरतर्फ राशिद खान, रोहित शर्मा, हार्दिक पान्ड्या, क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् । राशिद ३० औं , रोहित ३९ औं , हार्दिक ४१ औं , गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा छन् । टि २० बलिङतर्फ वसन्त रेग्मी १ स्थान खस्किदै ७२ औं स्थानमा पुगेका छन् । सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी