एजेन्सी, २१ भदौ । पाकिस्तानका पूर्व लेग स्पिनर अब्दुल कादिरको हृदयघातका कारण निधन भएको छ ।
शुक्रबार ६३ वर्षीय कादिरको लाहोरमा निधन भएको हो । पाकिस्तान क्रिकेट बोर्डले आफूहरू कादिरको निधनले स्तब्ध भएको प्रतिक्रिया दिएको छ ।
कादिरले पाकिस्तानका लागि सन् १९७७ देखि १९९३ सम्म क्रिकेट खेले। यसक्रममा उनले ६७ टेस्ट तथा १०४ वान डे खेले । सन् १९७७ मा इङ्ल्याण्डविरूद्ध खेल्दै टेस्टमा पदार्पण गरेका उनले ६७ टेस्टमा २३६ विकेट र १०४ वान डेमा १३२ विकेट लिएका थिए ।





