पूर्व स्पिनर कादिरको हृदयघातका कारण निधन

एजेन्सी, २१ भदौ । पाकिस्तानका पूर्व लेग स्पिनर अब्दुल कादिरको हृदयघातका कारण निधन भएको छ ।

शुक्रबार ६३ वर्षीय कादिरको लाहोरमा निधन भएको हो । पाकिस्तान क्रिकेट बोर्डले आफूहरू कादिरको निधनले स्तब्ध भएको प्रतिक्रिया दिएको छ ।

कादिरले पाकिस्तानका लागि सन् १९७७ देखि १९९३ सम्म क्रिकेट खेले। यसक्रममा उनले ६७ टेस्ट तथा १०४ वान डे खेले । सन् १९७७ मा इङ्ल्याण्डविरूद्ध खेल्दै टेस्टमा पदार्पण गरेका उनले ६७ टेस्टमा २३६ विकेट र १०४ वान डेमा १३२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी