त्रिविको लापरवाही : विद्यार्थी आन्दोलित, परिक्षाको अर्को मिति तय

काठमाडौँ, २० भदौ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको शिक्षा शास्त्र प्रथम सेमेस्टरको परिक्षामा लापरवाही गरेको भन्दो विद्यार्थी आन्दोलित भएका छन् ।

त्रिभुवन बिश्वबिद्धालय शिक्षा शास्त्र संकाय डिनको कार्यलये सन्चालन गरेको स्नातकोत्तर पहिलो सेमिस्टरको आज संचालित ूएड्भान्स साइकोलोजिूको परिक्षा रद्द भएको छ । त्रिविको लापरबाहीका कारण प्रश्न पत्रमा एड्भान्स साइकोलोजी लेखी अघिल्लो दिनको ूफाउन्डेसन अफ एजुकेसनूको प्रश्नपत्र बाढिए पछि बिद्यार्थी आक्रोसित भएका थिए । त्रिविले आधा घण्टाको समय पछी परिक्षा सन्चालन गर्न खोजे पनि बिद्यार्थीहरुले प्रश्न पत्रमा बौधता नहुने भन्दै परिक्षा दिन नमानेका हुन् ।

विद्यार्थी आन्दोलित भएपश्चात विद्यार्थी र पदाधिकरीबीच भएको वार्ताबाट स्थगित भएको परिक्षा आगामी भदौ ३१ गते गर्ने सहमति समेत भएको छ । उक्त वार्तामा आजको गल्ती गर्ने व्यक्तिलाई कानुनी कारवाही गर्ने तथा पाठ्यक्रम अनुसार नै वस्तुगत तथा विषयगत प्रश्नहरु सोधिने समेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर