पूरानै प्रश्नपत्र बाँडेपछि स्थगित भयो त्रिविको परीक्षा

काठमाडौँ, २० भदौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार भएको शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षा स्थगित भएको छ ।

कोड नम्बर ५१३ एड्भान्स एजुकेशनल साइकोलोजी विषयको परीक्षा बिहान ११ बजेदेखि सुरू परीक्षा आधा घण्टापछि स्थगित गरिएको हो।

बुधबार भएको कोड नम्बर ५१२ फाउण्डेशन अफ एजुकेशन विषयमा सोधिएकै प्रश्न एड्भान्स एजुकेशनल साइकोलोजी विषयमा पनि दोहोरिएपछि परीक्षा स्थगित गरिएको जनाएको छ ।

त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी शुक्रबार ७५ केन्द्रमा परीक्षा चलेकोमा एउटामा मात्रै स्थगित भएको हो । परीक्षा समितिको बैठक बसेपछि स्थगित भएको विषयको परीक्षा हुने मिति तोकिने जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर