पूरानै प्रश्नपत्र बाँडेपछि स्थगित भयो त्रिविको परीक्षा

काठमाडौँ, २० भदौ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार भएको शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षा स्थगित भएको छ ।

कोड नम्बर ५१३ एड्भान्स एजुकेशनल साइकोलोजी विषयको परीक्षा बिहान ११ बजेदेखि सुरू परीक्षा आधा घण्टापछि स्थगित गरिएको हो।

बुधबार भएको कोड नम्बर ५१२ फाउण्डेशन अफ एजुकेशन विषयमा सोधिएकै प्रश्न एड्भान्स एजुकेशनल साइकोलोजी विषयमा पनि दोहोरिएपछि परीक्षा स्थगित गरिएको जनाएको छ ।

त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी शुक्रबार ७५ केन्द्रमा परीक्षा चलेकोमा एउटामा मात्रै स्थगित भएको हो । परीक्षा समितिको बैठक बसेपछि स्थगित भएको विषयको परीक्षा हुने मिति तोकिने जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई