काठमाडौँ, २० भदौ । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७२ हजार मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी टोलामा ४० रुपैयाँले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





