नेप्से सामान्य अंकले घट्यो

काठमाडौँ, १९ भदौ । नेप्से सूचक बिहीबार ३.७० अंकले घटेर ११९१.०७ विन्दुमा अडिएको छ ।

१६७ कम्पनीको २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ५७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको कारोबार भएकामा २ समूहका सूचक बढेका छन् भने बाँकी तल झरेका छन् ।

वाणिज्य बैंक समूहमा ३.०३ अंकको ह्रास आएको छ । कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । यसको १ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन्स बैंक र एनआइसी एसिया बैंक परेका छन् ।

आँधिखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.७८ प्रतिशतले कमाएका छन् । अधिकतम गुमाउनेमा अरुण काबेलीका लगानीकर्ता छन् । यसको भाउ ६.९१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज