४१ करोड फेसबुक प्रयोगकर्ताको फोन नम्बर चोरी

एजेन्सी, १९ भदौ । फेसबुकबाट फेरि डेटा चोरी भएको छ ।

फेसबुकबाट ४१ करोड प्रयोगकर्ताको नम्बर लिक भएको समाचार सार्वजनिक भएको छ । तीमध्ये अमेरिकाका १३ करोड, बेलायतका १ करोड ८० लाख र भियतनामका ५ करोड फेसबुक प्रयोगकर्ता रहेको टेकक्रन्चले जनाएको छ ।

सिक्योरिटी रिसर्चर संयम जैनका अनुसार ४१ करोड प्रयोगकर्ताको फोन नम्बरका साथै नाम, लिंग तथा देशको जानकारी पनि लिक भएको छ ।

फेसबुकले भने यी डेटा पुराना भएको र पहिले नै कसैले ती डेटा लिएको स्पष्टीकरण दिएको छ ।  सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा ८ करोड फेसबुक प्रयोगकर्ताको डेटा चोरी भएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ ।