वनेपा, १८ भदौ । नेपालमा ग्रामिण बैंकिङ प्रणालीलाई विशेष जोड दिदै आरम्भ लघुवित्त वित्तिय संस्था लि. ले ग्रामिण क्षेत्रमा आफनो कार्यक्रम जोडदै नेपालको १५ जिल्लाका १५ हजार ५ सय परिवार बिच कारोबार सञ्चालन गर्दै आएको छ । भौगोलिक अवस्था जोखिमका बिचमा आफनो प्रभावकारी बार्यक्रम सञ्चालन गरेर लोकप्रिय बन्दै गरेको संस्थाले मिती २०७६–०५–१८ गतेका दिन रामेछाप नगरपालिकाको वादी गाँउका हायु समुदायका ५० ग्राहक सदस्यलाई वित्तिय साक्षरता तालिम प्रदान गरेको छ । तालिमका बारेमा शाखा कार्यालय मन्थलीका शाखा प्रबन्धक बैकुण्ठ लुइटेलले जानकारी दिनुभयो ।
उक्त तालिमको व्यवस्थापन आरम्भ लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय मन्थलीका शाखा प्रवन्धक बैकुण्ठ लुईटेलले गरेका थिए । उक्त कार्यक्रम समायोजन गर्दै केन्द्रीय कार्यालयका कार्यक्रम तथा योजना विभाग प्रमुख सन्तोष थापाले वित्तिय साक्षरता बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै उक्त कार्यक्रममा शाखा कार्यालय चरिकोटका शाखा प्रवन्धक निकेश श्रेष्ठले जोखिम न्युनिकरण बारे प्रशिक्षण गर्नुभएको थियो । तालिममा शाखा कार्यालयबाट कनिष्ठ सहायक दिलकृष्ण बस्नेत, कनिष्ठ सहायक बिमला कटुवाल, प्रशिक्षार्थी कनिष्ठ सहायक शुष्मा ढकाल तथा प्रशिक्षार्थी स्वस्तिका बुढाथोकीले सहभागिता जनाउनु भएको थियो ।
तालिममा वित्तिय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण बचत उपाय, बचत योजना लगायत समग्र तालिमका बारेमा केन्द्रीय कार्यालयबाट कार्यक्रमको संयोजन गर्दै आउनु भएका कार्यक्रम तथा योजना विभाग प्रमुख सन्तोष थापाले आफनो भनाई सहित तालिमका बारेमा स्पष्ट पार्नु भएको थियो ।
वित्तिय साक्षरता तालिममा ऋणको अवधारण, कर्जा सदुपयोगिता, ऋण प्रदायकको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता आदि बारे प्रशिक्षण शाखा कार्यालय चरिकोटका शाखा प्रवन्धक निकेश श्रेष्ठले स्पष्ट पार्नु भएको थियो । तालिममा जोखिमको परिचय र असर विप्रेषण (रेमिटयान्स) सेवा, अव्यवस्थित खर्चले गरिब बनाउँछ र खर्च प्राथमिकता र चुहावटको रोकथाम, व्यक्तीगत वित्तिय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च आदी कुराहरु बारे शाखा कार्यालय मन्थलीका शाखा प्रवन्धक बैकुण्ठ लुईटेलले स्पष्ट पार्नुभएको थियो ।
तालिममा परिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको स्रोतको पहिचान, साधन तथा स्रोतको उच्च्तम सदुपयोगिता पारिवारिक बजेट निर्माण गर्दा आम्दानी तथा खर्चको टिपोट खर्चहरुको हरेक दिनको टिपोट, खर्चको अवधारणा, खर्च गर्दाखेरी आम्दानीबाट बचत घटाएर मात्र बाँकी पैसाबाट खर्च गर्नुपर्नै अवधारणा सहित केन्द्रीय कार्यालयका कार्यक्रम तथा योजना प्रमुख सन्तोष थापाले प्रशिक्षण दिई स्पष्ट गर्नुभएको थियो ।
वित्तिय साक्षरता तालिममा तालिमके बारेमा वादी आरम्भ महिला केन्द्र, केन्द्र नं. १९ का केन्द्र प्रमुख मिना हायुले यस्ता तालिमहरु अझै गरिरहनु पर्ने बचत पैसाको मात्र हाईन रहेछ जिन्सी सामानको पनि हुने रहेछ, बजेट बनाएर कार्य गर्दा बचत गर्न सजिलो पर्दोरहेछ त्यस्तै फडिरडाँडा आरम्भ महिला केन्द, केन्द्र नं. २८ का केन्द्र प्रमुख गंगा मगरले जोखिम न्युनिकरण व्यवसायिक योजना, लघु व्यवसाय ऋणको सदुपयागिता, पारिवारिक बजेट तथा कसरी व्यवसायिक हुन सकिन्छ भनेर कार्यक्रमबाट जानकारी गर्नुभएको थियो । साथै आगामी दिनहरुमा योजना प्राविधिको सहयोगबाट आफु पनि व्यवसायिक बन्ने प्रण गर्नुभयो र केन्द्र नं. २८ लाई आरम्भको उत्कृष्ट केन्द्र बनाउने अठोट व्यक्त गर्नुभयो ।







