एजेन्सी, १८ भदौ । बलिउड अभिनेत्री नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोल भएकी छिन् ।
उनले आफ्नो इन्स्टाग्राममा निकसँगको फोटो सेयर गर्दै बधाई दिदै लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’
उक्त पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले उनलाई निकको उमेर २७ नभई २६ भएको याद दिलाएका छन ।






