भारतीय क्रिकेटर सामीको नाममा पक्राउ पुर्जी जारी

एजेन्सी, १८ भदौ । भारतीय क्रिकेटर मोहमद सामीको नाममा वेस्ट बंगालको एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनकी श्रीमती हसिन जहानले घरेलु हिंसाको मुद्दा दायर गरेकी कारण उनलाई घरेलु हिंसाको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो ।

बुधबार आफ्नो २९ औं जन्मदिन मनाउन लागेका सामीलाई १५ दिनभित्र अदालतमा आत्मसमर्पण गर्न भनिएको छ । हाल वेस्ट इन्डिज भ्रमणमा रहेका उनलाई स्वदेश फर्किएपछि आत्मसमर्पण गर्न भनिएको हो ।

उनकी श्रीमती जहानले गत मार्चमा सामीले हत्या गर्न खोजेको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने