भारतीय क्रिकेटर सामीको नाममा पक्राउ पुर्जी जारी

एजेन्सी, १८ भदौ । भारतीय क्रिकेटर मोहमद सामीको नाममा वेस्ट बंगालको एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनकी श्रीमती हसिन जहानले घरेलु हिंसाको मुद्दा दायर गरेकी कारण उनलाई घरेलु हिंसाको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो ।

बुधबार आफ्नो २९ औं जन्मदिन मनाउन लागेका सामीलाई १५ दिनभित्र अदालतमा आत्मसमर्पण गर्न भनिएको छ । हाल वेस्ट इन्डिज भ्रमणमा रहेका उनलाई स्वदेश फर्किएपछि आत्मसमर्पण गर्न भनिएको हो ।

उनकी श्रीमती जहानले गत मार्चमा सामीले हत्या गर्न खोजेको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी