काठमाडौँ, १८ भदौ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको छ ।
गल्फ राष्ट्रको संस्कृति र गल्फ राष्ट्रको मरुभूमिलाई प्रस्तुत गरिएको लोगो फिफाले मंगलबार राति सार्वजनिक गरेको हो ।
लोगोमा मिडिल इस्टको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।
विश्वकप फुटबलको २२ औं संस्करण कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।






