काठमाडौँ, १८ भदौ । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





