एक वर्षमा २० अर्बको मोवाइल आयात

काठमाडौँ, १७ भदौ । गत आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४/७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भएकोमा ७५/७६ मा ४२ लाख ४७ हजार मात्रै सेट नेपाल भित्रिएको हो ।

आव २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो । गत वर्ष भने १९ अर्ब ८७ करोडको मोबाइल नेपाल आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार मोबाइल आयात घट्दा पनि राजस्व भने बढेको छ । आव २०७४/७५ मा मोबाइलबाट सरकारले ३ अर्ब ३८ करोडको भन्सार राजस्व उठाएकोमा गत आवमा ३ अर्ब ५२ करोड रुपैयाँ उठेको छ ।

आव २०७४/७५ सम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनः व्यापारीले नै फिर्ता पाउँथे । तर, बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले सो सुविधा कटाएर थप ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने प्रवन्ध गरे । यसका कारण राजश्व केही बढेको भन्सार विभागका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

काठमाडौँ, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत

बाँके, ३० साउन । प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका