काठमाडौँ, १७ भदौ । आज मंगलबार सेयर बजारमा २०.५७ अंकले सुधार भएको छ ।
मंगलबार नेप्से परिसूचक २०.५७ अंकले बढेर १ हजार १ सय ९० दशमलव ९० अंकमा पुगेको छ । दिनभर भएका ७ हजार ८ सय १७ कारोबारबाट १७१ कम्पनीका २१ लाख ८४ हजार २ सय ७१ कित्ता सेयर किनबेच भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज अनुसार कारोबार रकम ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँ पुगेको छ । आज सबैभन्दा धेरै कारोबार हुने पहिलो नम्बरमा नेपाल बंगलादेश बैंक देखिएको छ । यो बैंकको ५ करोड ७२ लाख ३० हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।
सोमबारसम्म १२० रुपैयाँ प्रतिकित्ता रहेको नेपाल बंगलादेश बैंकको संस्थापक सेयर मूल्य २ रुपैयाँले घटेर ११८ रुपैयाँमा बन्द भएको छ । दोस्रो नम्बरमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकको ३ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ भने चौथो नम्बरमा एनआईसी एशिया बेंक र पाँचौमा सानिमा बैंक देखिएको छ ।
यी बैंकहरुको क्रमशः २ करोड २० लाख, २ करोड १९ लाख र १ करोड ६२ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।






