काठमाडौँ, १७ भदौ । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





