चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए

काठमाडौँ, १६ भदौ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति बढेको औंल्याएको हो ।

समितिले मेडिकल कलेजको शुल्क विवादबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन आइतबार पारित गरेको छ ।

मन्त्रिपरिषद् बैठकले २६ असोज २०७५ मा मेडिकल कलेजले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएसका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

यस्तै, बीडीएसका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकिएको थियो ।  मन्त्रालयले शुल्क तोके पनि शुल्कको वर्गीकरण र शुल्क निर्धारण प्रक्रिया स्पष्ट नपार्दा मेडिकल कलेजले मनोमानी शुल्क असुलेको समितिको ठहर छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई