चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए

काठमाडौँ, १६ भदौ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति बढेको औंल्याएको हो ।

समितिले मेडिकल कलेजको शुल्क विवादबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन आइतबार पारित गरेको छ ।

मन्त्रिपरिषद् बैठकले २६ असोज २०७५ मा मेडिकल कलेजले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएसका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

यस्तै, बीडीएसका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकिएको थियो ।  मन्त्रालयले शुल्क तोके पनि शुल्कको वर्गीकरण र शुल्क निर्धारण प्रक्रिया स्पष्ट नपार्दा मेडिकल कलेजले मनोमानी शुल्क असुलेको समितिको ठहर छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर