नेपाल र भारतबाट नेपाली बैङ्कहरुका ३ करोड बढी पैसा झिकियो

काठमाडौँ, १६ भदौ । चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन् ।

उनीहरुको भिसा कार्डका नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैङ्कका एटीएम बुथबाट रु १ करोड ७६ लाख रकम शनिबार अपरान्ह झिकेका थिए ।

यस्तै, भारतमा पनि नेपाली बैङ्कको एटीएम कार्ड प्रयोग गरेर १ करोड ६८ लाख झिकेको देखिएको नेपाल राष्ट्र बैङ्कले बताएको छ । यद्यपि, भारतमा कसको संलग्नता थियो भन्ने केही खुलाइएको छैन ।

साथै, नेपालकै कुन बैंकको कति रकम झिकियो भनेर पनि अझै यकिन नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

उनले भने, ‘भिसाले राष्ट्र बैङ्कलाई दिएको जानकारी अनुसार ह्याकरहरुले नेपाल र भारतबाट गरेर रु ३ करोड ४५ लाख रकम झिकेका छन् । उनीहरुले भारतमा हजार र नेपालमा ७ सयपटक कार्ड प्रयोग गरी एटीएमबाट रकम झिकेका थिए । यद्यपि, यस विषयमा पूर्ण विवरण भने केही दिनमा आउनेछ ।’ आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज