काठमाडौँ, १५ भदौ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ भने , तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





