क्याम्पस प्रमुखले कवाडीलाई बेचे ‘थेसिस’

काठमाडौँ, १३ भदौ । स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् ।

उनले १२ क्विन्टल किताब प्रतिकिलो ८ रुपैयाँ र ४ क्विटल शोधपत्र प्रतिकिलो १४ रुपैयाँका दरले बुधबार कवाडीलाई बिक्री गरेका हुन् ।

पुस्तकालयका किताब र विद्यार्थीले बुझाएका शोधपत्र बिक्री गर्न मिल्दैन । गर्नैपरे सम्बन्धित संकाय शिक्षक र विभागका प्रमुखसँग परामर्श गरेर माथिल्लो निकायको स्वीकृतिमा मुचुल्का उठाएरमात्र बिक्री गर्नुपर्ने हो ।

‘तर क्याम्पस प्रमुखले कुनै प्रक्रिया पूरा नगरी पुस्तकालयका करिब ५ हजार विद्यार्थीका शोधपत्र बिक्री गरेर गैरजिम्मेवार काम गरेको पाइयो,’स्नातकोत्तर क्याम्पस प्राध्यापक संघका सभापति टुनाराज भट्टले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई