आज पनि सेयर बजारमा ओरालो लाग्यो

काठमाडौँ, १२ भदौ । आज बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ ।

 नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ ।

आज कुल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरिदबिक्री भए । कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्र शेयर बढेको छ । बैङ्किङ ०.८६, र विकास बैङ्क २.९ बिन्दुले बढ्दा व्यापार २.३७, होटल ०.०७, जलविद्युत् ३.०४, वित्त १.६९, निर्जीवन बीमा १०.७१, उत्पादन ३२.२२, अन्य ०.१५, लघुवित्त १.८४ जीवन बीमा ५०.२४ र सामूहिक लगानी कोषको शेयर ०.०२ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज कुमारी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु एक करोड ६२ लाख ४४ हजार ६०३ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४८ लाख ६६ हजार ४९२, एनआइसी एसिया बैङ्क रु एक करोड ३० लाख ८० हजार ७२६, प्रभू बैङ्क रु एक करोड १७ लाख ३८ हजार १३९, माछापुछ्रे बैङ्क रु एक करोड तीन लाख १३ हजार १८२ र छिमेक लघुवित्त विकास बैङ्कको संस्थापक शेयर रु एक करोड एक लाख ८६ हजार ३२० मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले कमाउँदा एनएलजी इन्स्योरेन्स ३.७२, युनियन हाइड्रोपावर ३.३९, एक्सेल डेभपलमेन्ट बैङ्क ३.३५, कालिका पावर कम्पनी २.५० र मितेरी डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले २.१५ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २० कार्तिक । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो