एनआईसी एशियाको वोनश तथा नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौँ, ११ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

आज सम्पन्न सञ्चालक समितिको बैठकले बैँकले आ.व. ०७५/०७६ को लागि प्रति शेयर रु.१० ९१०५० ले हुन आउने रकम ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० रुपैयाँ शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनी महानुभावहरुलाई वितरण गरिनेछ ।

बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २० कार्तिक । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो