बेबिलोनका विद्यार्थी पढ्नुअघि १५ मिनेट ध्यानमा

काठमाडौँ, ११ भदौ । कुनैपनि काम एकाग्र मनले ध्यान पुर्याएर गर्ने हो भने सफलता प्राप्त हुने कुरामा दुईमत छैन । पढ्ने बेलामा मन चञ्चल भयो भने पढेको कुरा दिमागमा घुस्दैन भन्छन ।

यीनै कुरालाई आत्मसात् गर्दै शान्तिनगरस्थित बेबिलोन स्कुलले हरेक मंगलबार पढाई शुरु हुनुअघि १५ मिनेट सबै कक्षाका विद्यार्थीलाई योगा र ध्यान गराउन थालेको छ । बेबिलोन स्कुल बेलायती शैक्षिक संस्था ब्रिटिश काउन्सिलबाट २ पटक ‘अन्तराष्ट्रिय स्कुल पुरस्कार’ विजेता स्कुल हो ।


अरु दिन कक्षा शुरु हुनु अघिको प्रार्थना सभा हुने गरेता पनि मंगलबार भने प्रार्थना सभा नहुने र सबै कक्षाका विद्यार्थीहरु सिधै आ—आफ्नो कक्षा कोठामा गएर १५ मिनेट योगा र ध्यान गर्ने गरेको विद्यालयका प्रिन्सिपल राजु राईले बताए । यसो गर्दा १५ मिनेट विद्यालय पुरै शान्त हुने र विद्यार्थीहरुको ध्यान पनि एकाग्र हुने प्रिन्सिपल राईले बताए ।

यसको दीर्घकालीन फाइदा के कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी रहेको उल्लेख गर्दै प्रिन्सिपल राईले तत्कालका लागि भने विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको बताए । विद्यालयको योग तथा ध्यान गुरु तारा पौडेलको अगुवाईमा विद्यालयले यसै शैक्षिक सत्रको शुरुदेखि सबै कक्षामा योग र ध्यान कार्यक्रम शुरु गरिएको हो । हरेक कक्षाका कक्षा शिक्षकहरुको सहयोगमा सबै कक्षामा हरेक मंगलबार १५ मिनेट योग र ध्यान गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर