बेबिलोनका विद्यार्थी पढ्नुअघि १५ मिनेट ध्यानमा

काठमाडौँ, ११ भदौ । कुनैपनि काम एकाग्र मनले ध्यान पुर्याएर गर्ने हो भने सफलता प्राप्त हुने कुरामा दुईमत छैन । पढ्ने बेलामा मन चञ्चल भयो भने पढेको कुरा दिमागमा घुस्दैन भन्छन ।

यीनै कुरालाई आत्मसात् गर्दै शान्तिनगरस्थित बेबिलोन स्कुलले हरेक मंगलबार पढाई शुरु हुनुअघि १५ मिनेट सबै कक्षाका विद्यार्थीलाई योगा र ध्यान गराउन थालेको छ । बेबिलोन स्कुल बेलायती शैक्षिक संस्था ब्रिटिश काउन्सिलबाट २ पटक ‘अन्तराष्ट्रिय स्कुल पुरस्कार’ विजेता स्कुल हो ।


अरु दिन कक्षा शुरु हुनु अघिको प्रार्थना सभा हुने गरेता पनि मंगलबार भने प्रार्थना सभा नहुने र सबै कक्षाका विद्यार्थीहरु सिधै आ—आफ्नो कक्षा कोठामा गएर १५ मिनेट योगा र ध्यान गर्ने गरेको विद्यालयका प्रिन्सिपल राजु राईले बताए । यसो गर्दा १५ मिनेट विद्यालय पुरै शान्त हुने र विद्यार्थीहरुको ध्यान पनि एकाग्र हुने प्रिन्सिपल राईले बताए ।

यसको दीर्घकालीन फाइदा के कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी रहेको उल्लेख गर्दै प्रिन्सिपल राईले तत्कालका लागि भने विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको बताए । विद्यालयको योग तथा ध्यान गुरु तारा पौडेलको अगुवाईमा विद्यालयले यसै शैक्षिक सत्रको शुरुदेखि सबै कक्षामा योग र ध्यान कार्यक्रम शुरु गरिएको हो । हरेक कक्षाका कक्षा शिक्षकहरुको सहयोगमा सबै कक्षामा हरेक मंगलबार १५ मिनेट योग र ध्यान गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार