श्रमिक शान्तिका साना विद्यार्थीलाई विद्यालयमै मासुभात

ललितपुर, ११ भदौ । ललितपुर महानगरपालिका ९ च्यासलस्थित श्रमिक शान्ति माविमा एलकेजी, युकेजी र १ कक्षामा पढ्ने १ सय १० जना साना विद्यार्थीलाई विद्यालयमै मासुभात खुवाईएको छ । सो विद्यालय ललितपुर महानगरभित्रकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचित छ ।

हाई होप संस्था च्यासल, ललितपुरद्वारा ‘कुक फर किड्स’ कार्यक्रम मार्फत उनीहरुलाई मासुभात खुवाइएको हो । विद्यालय हातामा खाना पकाउँदा अरु कक्षाका विद्यार्थीको पढाईमा अवरोध पुग्ने भएकोले विद्यालय नजिकै रहेको गुठीघरमा पकाएर ल्याएको मासुभात ती साना विद्यार्थीलाई उनीहरुकै कक्षाकोठामा खान दिइएको थियो । खाजाको रुपमा मासुभात नै खान पाएपछि ती विद्यार्थीहरु दंग देखिन्थे ।

यसका लागि हाइ होप संस्थाका सहयोगी किशलाल व्यञ्जनकारको साथै संस्थाका पदाधिकारीहरु रमेश व्यञ्जनकार, किरण व्यञ्जनकार, क्रिश व्यञ्जनकार, बिकेश व्यञ्जनकार, रितेश व्यञ्जनकार, सन्देश व्यञ्जनकार, अनुज व्यञ्जनकार, मिलन देवकोटा, सनोज व्यञ्जनकार र अञ्जु गुरुङ्ग लगायत खटिएका थिए ।

एलकेजी, युकेजी र १ कक्षाका विद्यार्थीलाई पहिलोपटक हाई होप संस्थाले एकदिन मासुभात खुवाएको बताउँदै नर्सरीमा पढ्ने २५ जना विद्यार्थीलाई भने विद्यालयले नीजि स्रोतबाट दैनिक १५ रुपैयाँ खर्चेर खाजा खुवाउँदै आएको विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर