काठमाडौँ, ९ भदौ । आज सोमबार पनि शेयर बजारमा परिसूचक नेप्से घटेको छ ।
नेप्से ६ दशमलव ४९ अंकले घटेपछि १ हजार २ सय ३ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १ अंक बढीले घटेको छ ।
१ सय ७२ कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी १० करोड २१ लाख रुपैयाँको विक्री भएको छ ।
परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशन र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य झण्डै ५ प्रतिशतले बढेको छ । तर एनएलजी इन्स्योरेन्सका शेयरधनीले ६ दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।






