भक्तपुर, ९ भाद्र । राम चन्द्र प्रजापति । ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुर शाखाको नवौं साधारणसभा तथा चौथौं अधिवेशन सम्पन्न भएको छ ।
नेपाल स्काउटको भवनमा भएको उक्त अधिवेशन नेपाल ब्लड डोनर्स एशोसियसनका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले उद्घाटन गर्नुभयो ।
सो उद्घाटन सत्रका प्रमुख अतिथि सानुबाबु प्रजापतिले २०२३ सालमा स्थापित रेडक्रमको अभिन्न अंगको रुपमा २०४६ सालमा स्थापना भएको ब्लड डोनर्स एशोसियसनले काम गरेको उल्लेख गर्नु हुँदै २०५४ सालमा यो संस्था महासंघ भएसंगै रगतको क्षेत्रमा योगदान पुगेको बताए ।

ब्लड डोनर्स एशोसियसन नेपाल भक्तपुर जिल्ला शाखाका कार्यबाहक अध्यक्ष रामचन्द्र प्रजापतिले सभापतिको आशनबाट आफूले स्थापना काल देखि हालसम्म दश वर्ष यो संस्थामा काम गर्दा अरु संस्था भन्दा अलग्ग संस्थाको अनुभुति गरेको बताउनु भयो ।
कार्यक्रममा ब्लड डोनर्स एशोसियसनका केन्द्रीय सचिव उज्ज्वल केसी सस्थापक अध्यक्ष पहलमान श्रेष्ठ र शिवहरि केसीले पनि शुभकामना व्यक्त गर्नु भयो । सो अधिवेशनले शिवकुमार त्वाय्नाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । जसमा उपाध्यक्ष निर्मला सुवाल, सचिव रुकेश रञ्जित, सह—सचिव सोमप्रसाद प्रधान व कोषाध्यक्ष सिर्जना सुवाल रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा पशुपतिनाथ थकू, नरेश बासुकला, सुरोज रंजित, राजन सुवाल, सुरोज मिश्र र तुल्सीनारायण दन्डेख्याःरहनु भएको छ ।






