काठमाडौँ, ९ भदौ । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





