नवौँ पुस्पलाल स्मृती ब्याडमिन्टन इटहरीमा हुने

काठमाडौँ, ८ भदौ । राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ ।

इटहरीस्थित रङ्गशालाको नवनिर्मित कभर्डहलमा भाद्र २४ देखि २८ गते सम्म उक्त प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुष उच्च १६ बरियता तथा महिला उच्च १२ बरियताको एकल, उक्त बरियता बाहेककाको पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७ एकल तथा ४५ बर्ष माथिको पुरुष भेट्रान्स युगल गरी १० स्वर्ण पदकका लागि करिव १९० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

पुरुष तर्फ उच्च १६ बरियता तथा महिला तर्फ उच्च १२ बरियतामा रहेका खेलाडी विच एकल प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । उनले उच्च बरियताका खेलाडीहरुले खुलामा प्रतिस्पर्धा गर्दा खेलको स्तरमा झनै कमि आउने भएकाले उच्च बरियताका विच मात्र एकलमा प्रतिस्पर्धा गराईने बताए ।

कुल ५ लाख ५८ हजारको लागत रहेको प्रतियोगितामा उच्च बरियताविचको पुरुष तथा महिला एकलमा शिर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पुरुष एकल तथा महिला एकल तथा युगलका विजयी शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्र तथा छात्रा एकलका विजयी शिर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने