काठमाडौँ, ८ भदौ । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





