काठमाडौँ, ८ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ ले हराएको हो । जितसँगै लिभरपुलले ३ खेलबाट शतप्रतिशत नतिजासहित ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ ।
आर्सनल ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । आर्सनलको यो पहिलो हार हो ।






