कक्षा ११ र १२ को बार्षिक कार्यतालिका प्रकाशित

काठमाडौँ, ७ भदौ । कक्षा ११ र १२ को बार्षिक कार्यतालिका प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बार्डका अनुसार :

१. कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि ३१ भाद्र भित्र रजिष्ट्रेशन आवेदन फारम वितरण गर्ने  ।

२. कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन आवेदन फारम २६ असोज गतेसम्म भरिसक्नु पर्ने ।

३. आवेदन भर्न छुटेका विदार्थीहरुले दोब्बर दस्तुर सहित १८ कार्तिक सम्मको समय पाउने छन् र बैंक भौचर १८ कार्तिककै हुनुपर्ने ।

४. बार्डले मंसिर मसान्तभित्र सम्बन्धीत विद्यालयहरुलाई ट्रिप्लिकेट सहित रजिष्ट्रेशनको अर्धकट्टी वितरण गर्ने र १ पौषबाट सम्बन्धीत विद्यालयहरुलाई आवेदन फारम वितरण गर्ने  ।

५. कक्षा ११ र १२ का नियमित तथा आंशिक र ग्रेडबृद्धि परीक्षार्थीहरुले १५ पौषदेखि १५ माघभित्र सम्बन्धीत विद्यालय तथा क्याम्पसहरुमा परीक्षा आवेदन फारम भरिसक्नु पर्ने ।

६. विद्यालयहरुले माघ मसान्तभित्र बोर्डका सम्बन्धीत कार्यालयहरुमा आवेदन फारम बुझाई सक्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई