श्रीकृष्ण लिला हेर्न चिनीया शिक्षक र विद्यार्थी ट्रिटनमा

काठमाडौँ, ६ भदौ । हिन्दुहरुले परापुर्वकालदेखि मनाउँदै आएको श्रीकृष्ण जन्माष्टमी पर्व हेर्न मित्रराष्ट्र चीनको सान्जी ताइयुआनस्थित नीजि विद्यालय हुवा तेई एजुकेशन स्कुलका शिक्षक र विद्यार्थी सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा पुगे । नेपालका केही नीजि विद्यालयमा कक्षा सञ्चालन र सिकाई विधिबारे बुझ्न एक हप्ता अघि नेपाल आएका ति शिक्षक र विद्यार्थीहरु अधिकांश बुद्ध धर्मावलम्वी थिए ।

प्रिन्सिपल याङ्ग योङ्गक्विनको नेतृत्वमा नेपाल आएका शिक्षक र सो विद्यालयका विद्यार्थीहरुले श्रीकृष्ण जन्माष्टमी पर्वको बेलामा ट्रिटन स्कुलमा आयोजना गरिएको श्रीकृष्णको जन्मदेखि श्रीकृष्ण लिला, मख्खन दही चोरी, सुदामासंगको मित्रता, गोपीनीहरुसंगको रमझमदेखि कंश वधसम्मका कथा विद्यार्थीद्वारा अभिनित प्रस्तुति अवलोकन गरी नेपाली धर्मसंस्कृतिबारे जानकारी लिएका थिए ।

चिनीया शिक्षक र विद्यार्थीलाई विद्यालयका निर्देशक राजन सुवेदी, भाइस प्रिन्सिपल ममता शाहका साथै विद्यार्थी र शिक्षकहरुले स्वागत गरेका थिए । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा ट्रिटन स्कुलले विद्यार्थीहरुलाई सहभागी गराई द्वापरयुगका भगवान श्रीकृष्णको जीवनीसंग सम्वन्धित कथालाई अभिनयमार्फत विद्यार्थी, शिक्षक र अभिभावकलाई देखाउँदै आएको छ ।

कार्यक्रममा ट्रिटनका विद्यार्थीहरुले दहीसहितको माटोको भाँडो (दहीहन्डी) फुटाएका थिए भने श्रीकृष्ण र गोपीनीहरुको संयुक्त नृत्य प्रस्तुत गरेका थिए । श्रीकृष्ण लिला हेर्न अभिभावक र वटुवाहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर