आइजीपी खनाल र सञ्चारकर्मी लामिछानेबीच भेटवार्ता

चितवन, ६ भदौ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालिकराम पुडासैनी प्रकरणको छानविनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा रहनु भएका सञ्चारकर्मी लामिछानेसँग भेट वार्ता गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयहरुको अवलोकन गर्ने क्रममा चितवन पुग्नु भएका महानिरीक्षक खनालले सञ्चारकर्मी रवि लामिछानेसँग पनि भेट गर्नु भएको हो । आइजीपी खनालर लामिछानेबीच करीब १५ मिनेट भएको कुराकानीमा खनालले लामिछानेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ । सञ्चारकर्मी लामिछानेले पक्राउ पर्नु पूर्व नै प्रहरीले गर्ने हरेक अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।