काठमाडौँ, ६ भदौ । दुधको मूल्य तत्काल नबढ्ने भएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको कार्यदलले गरेको सिफारिसको आधार मूल्यवृद्धि गर्ने तयारी थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीको थप अध्ययन र छलफलबाट यस्तो निर्णय लिनुपर्ने मनसाय व्यक्त गरेपछि तत्कालका लागि यो निर्णय नहुने भएको हो ।
राष्ट्रिय द’ध विकास बोर्डका निमित्त निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठन भएको कार्यदलले कृषिमन्त्री चक्रपाणि खनाललाई प्रतिवेदन बझाएको थियो । सो प्रतिवेदन लिएर कृषि मन्त्री खनालले प्रधानमन्त्री ओली संग छलफल गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।





