झापामा बास्केटबल लिग हुने

झापा, ५ भदौ । झापामा थ्री अन थ्री बास्केटबल लिग र थ्री अन थ्री इष्ट लिग हुने भएको छ ।

नेपालमा पहिलो पटक नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा देशका विभिन्न भागमा लिग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अब देशभरमा बास्केटबलमा देखिएका प्रतिभालाई छनोट गर्नका लागि थ्री अन थ्री बास्केटबल लिग गर्न लागेको लागेको आयोजकले जनाएको छ ।

पहिलो चरणमा एनबिएल थ्री अन थ्री इस्ट टुर्नामेन्ट अन्तरगत पूर्वको बिर्तामोड, धरान र विराटनगरमा भदौ ६ देखि १० गतेसम्म आयोजना गरिने भएको छ । भोलि विराटनगरमा १० वटा टिमबाट उत्कृष्ट दुई टिम फाइनल राउण्डका लागि छनौट गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, भदौ ७ गते धरानबाट १४ वटा टिमबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट दुई टिम र ८ गते बिर्तामोडबाट ८ टिमबीच प्रतिस्पर्धा गराएर अन्य दुई टिम फाइनल राउण्डका लागि छनौट गरिने भएको छ । फाइनल खेल झापाको बिर्तामोडमा हुनेछ ।

थ्री अन थ्री बास्केटबल लिग इष्ट विजेताले नगद ५० हजार पाउनेछ । उपविजेताले भने नगद २५ हजार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी