झापा, ५ भदौ । झापामा थ्री अन थ्री बास्केटबल लिग र थ्री अन थ्री इष्ट लिग हुने भएको छ ।
नेपालमा पहिलो पटक नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा देशका विभिन्न भागमा लिग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अब देशभरमा बास्केटबलमा देखिएका प्रतिभालाई छनोट गर्नका लागि थ्री अन थ्री बास्केटबल लिग गर्न लागेको लागेको आयोजकले जनाएको छ ।
पहिलो चरणमा एनबिएल थ्री अन थ्री इस्ट टुर्नामेन्ट अन्तरगत पूर्वको बिर्तामोड, धरान र विराटनगरमा भदौ ६ देखि १० गतेसम्म आयोजना गरिने भएको छ । भोलि विराटनगरमा १० वटा टिमबाट उत्कृष्ट दुई टिम फाइनल राउण्डका लागि छनौट गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, भदौ ७ गते धरानबाट १४ वटा टिमबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट दुई टिम र ८ गते बिर्तामोडबाट ८ टिमबीच प्रतिस्पर्धा गराएर अन्य दुई टिम फाइनल राउण्डका लागि छनौट गरिने भएको छ । फाइनल खेल झापाको बिर्तामोडमा हुनेछ ।
थ्री अन थ्री बास्केटबल लिग इष्ट विजेताले नगद ५० हजार पाउनेछ । उपविजेताले भने नगद २५ हजार पाउनेछ ।






