आज नेप्से परिसूचक घटेपनि सेन्सेटिभ परिसूचक बढ्यो

काठमाडौँ, ५ भदौ । बिहीबार नेप्से परिसूचक करिब १ अंकले घटेपनि सेन्सेटिभ परिसूचक बढेको छ ।

आज नेप्से शुन्य दशमलव ९९ अंकले घटदा सेन्सेटिभ परिसूचक शुन्य दशमलव २९ अंकले बढेको छ ।

पूँजीगत लाभकरको विवाद अझै नटुंगिदा लगानीकर्ताले कारोबार गर्न सकेका छैनन् । त्यसैले पछिल्लो दिनहरुमा शेयर कारोबार घट्दै गएको छ ।

बिहीबार पनि ३ करोड रुपैयाँले कारोबार घटेको छ । १ सय ७२ कम्पनीको २६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका अधिकांश समुहका परिसूचकहरु घटेका छन् ।

एक करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने कम्पनीमा एनआइसि एसिया, प्रभु र कृषि विकास बैंक रहेका छन् । बिहीबारबाट मात्र कारोबार खुलेको सबैको लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्