पुननिर्माणका लागि भारतद्वारा आर्थिक सहयोग

काठमाडौँ, ५ भदौ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।

पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेले भारत सरकारले पुननिर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुननिर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,