एजेन्सी, ३ भदौ । एसेज शृंखला अन्तर्गतको तेस्रो टेस्ट स्टिभ स्मिथले खेल्न नसक्ने भएका छन ।
एसेज शृंखलाअन्तर्गत दोस्रो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरको बलमा स्मिथ घाइते भएका थिए । जारी एसेजमा उत्कृष्ट फर्ममा रहेका उनको बहिर्गमनले अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ ।
८० रन बनाएर स्मिथ खेलिरहेका बेला आर्चरले फालेको बाउन्सर बलले गर्धनमा लागेको थियो । चोट बढी भएपछि मैदानमा ढलेका स्मिथलाई फिजियोले मैदान बाहिर लगेका थिए । त्यसपछि क्रिजमा आएका उनले थप १२ रन बनाउँदै आउट भएका थिए । तर दोस्रो पारिमै उनी मैदान उत्रन नसकेपछि अस्ट्रेलियाले स्मिथको ठाउँमा खेलाडी नै रिप्लेस गरेको थियो ।





