स्मिथ टेष्ट बरियताको दोस्रो स्थानमा

काठमाडौँ, २ भदौ । अष्ट्रेलियाका ब्याट्सम्यान स्टेभन स्मिथ टेष्ट क्रिकेट बरियताको दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलाडी बरियतामा स्मिथ दोस्रो स्थानमा उक्लिएका हुन् । शीर्ष स्थानमा भने भारतका कप्तान विराट कोहली रहेका छन् ।

त्यस्तै एक स्थान घटुवा हुँदै न्युजिल्यान्डका कप्तान केन विलियम्सन भने तेस्रो स्थानमा छन् । चौथो स्थानमा भने भारतीय ब्याट्सम्यान चेतेश्वर पुजरा रहेका छन् । पाँचौ स्थानमा न्युजिल्यान्डका हेनरी निकोलस यथावत रहँदा छैटौ स्थानमा भने ऐडन मार्करम रहेका छन् ।

बलिङतर्फ भने शीर्ष स्थानमा अष्ट्रेलियाका पट कुम्मिन्स रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबडा रहँदा तेस्रो स्थानमा इंग्ल्यान्डका जेम्स एन्डरसन रहेका छन् ।

टेष्ट क्रिकेटको अलराउण्डरतर्फ शीर्ष स्थानमा भने वेष्ट इन्डिजका कप्तान जासन होल्डर रहेका छन् । दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख

काठमाडौँ, ६ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम

काठमाडौँ, ६ कार्तिक । २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६ अक्टोबर २३ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि

मकवानपुर, ५ कार्तिक । बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई