एजेन्सी, २ भदौ । बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका फिलिप काउटिन्होले १० नम्बरको जर्सीमा खेल्ने भएका छन् ।
सोमबार उनको ट्रान्सफर प्रक्रिया भएको छ र, बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको छ । बायर्नसँग उनलाई १२० मिलियन पाउण्डमा किन्ने विकल्प पनि छ । अहिले भने उसले लोन फि मात्र ८.५ मिलियन पाउण्ड र २७ वर्षीय फुटबलरको पुरा तलब दिनेछ ।
जर्मनी यात्रा काउटिन्होका लागि नयाँ सुरुवातको अवसर हो । उनले बार्यन म्युनिखको वेबसाइटमा भनेका छन्, मेरो लागि यो ट्रान्सफर नयाँ चुनौती हो । म यसका लागि तयार छु ।’






