नेप्से ७ अंकले उकालो लाग्यो

काठमाडौँ, २ भदौ । नेप्से सूचक आज सोमबार ७.२३ अंकले बढेर १२२२.०६ विन्दुमा आइपुगेको छ ।

१७५ कम्पनीको ३८ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १४ लाख ७७ हजार ४३५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल ११ वटा समूहको सेयर कारोबार भएकामा निर्जीवन बिमा बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ४४.३२ अंकले बढेको छ ।

वाणिज्य बैंक समूह पनि ७.३३ अंकले माथि लागेको छ । कारोबार रकममा सिद्धार्थ बैंकको संस्थापक सेयरले अग्रता कायम गरेको छ । यसको २ करोड ५८ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ ।

दोस्रो र तेस्रोमा भने रसुवागढी हाइड्रोपावर र एनआइसी एसिया बैंक परेका छन् । सबैभन्दा धेरै नाडेप लघुवित्तका लगानीकर्ताले ७५० प्रतिशतका दरले कमाएका छन् । बढी गुमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो